रास्वपाले पोखरा केन्द्रित आन्दोलन आजैबाट टुंग्याउने, पोखरावासीको समर्थन पाउन नसकेको स्वीकारोक्ति

लोकपथ
756
Shares

काठमाडौं । पोखरावासीको उल्लेख्य साथ पाउन नसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना अध्यक्ष रवि लामिछाने पक्राउको विरोधमा गर्दै आएको पोखरा केन्द्रित आन्दोलन आज बिहीबारदेखि नै टुंग्याउने भएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेको समर्थनमा रास्वपाले गर्दै आएको विरोध प्रदर्शनको नागरिक समाजदेखि विभिन्न तह र तप्काका व्यक्तिले विरोध गर्न थालेपछि रास्वपाले पोखरामा पत्रकार सम्मेलन नै गरेर पोखरा केन्द्रित आन्दोलन टुंग्याउने तयारी गरेको हो ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछानेलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । रास्वपाले विरोधका लागि मुलुकभरका आफ्ना नेता/कार्यकर्तालाई पोखरा आउन आह्वान पनि गरेको थियो । तर, पार्टीको आह्वानबमोजिम पनि कमै मात्र कार्यकर्ता/समर्थक पोखरा गएपछि रास्वपा पछि हटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?