नुहाउन गएका तीन ३ बालिकाको डुबेर मृत्यु

लोकपथ
133
Shares

दाङ । दाङको देउखुरीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।

लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रनियाँपुर निवासी झरना चौधरी र निशा चौधरी, गढवा गाउँपालिका–४ खडकपुर घर भई हाल लमही नगरपालिका–५ लमही गल्ली बस्ने कृष्टि चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता ईश्वर थापाले १२ वर्ष उमेर समूहका तीनै जनाको डुबेर मृत्यु भएको बताए ।

मृतक कृष्टि गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ मा, झरना चौधरी राप्ती गाउँपालिकाको पत्थर गढवास्थित मार्टिन एकेडेमीमा कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?