बिछ्यौनामा मृत भेटिए दम्पती, हत्या भएको आशंका

लोकपथ
357
Shares

कञ्चनपुर । जिल्लाको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत भेटिएका छन् ।

उनीहरुको हत्या भएको आशंका गरिएको छ । सो ठाउँका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमला आज शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार स्थानीयले प्रहरीलाई बिहान यो विषयमा खबर गरेका थिए । ‘घटना शङ्कास्पद छ,’ उनले भने, ‘मृतकको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?