‘ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४’ सम्पन्न

लोकपथ
0
Shares

‘ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४’ सम्पन्न भएको छ । नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित काठमाडौंको आयोजना भएको कार्यक्रममा तीन सयभन्दा बढी शैक्षिक क्षेत्रका साझेदार, विज्ञ, बुद्धिजीवी र अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

काठमाडौंको हयात रिजेन्सीमा बुधवार सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत डा. विश्वजीत राणाले ग्लोबल एजुकेसनको विश्वव्यापी सञ्जालमार्फत नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नयाँ उचाईमा पुर्याउने आफ्नो सोच रहेको बताए । उनकाअनुसार ग्लोबल एजुकेसनले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ।

डा. राणाले नेपालका विभिन्न सहरहरूमा शैक्षिक पहुँच विस्तार गर्न दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी दिए । उनका अनुसार ग्लोबल एजुकेसनका विश्वभरी रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन ।

त्यसैगरी, ग्लोबल एजुकेसनको सार्क क्षेत्र प्रमुख कुबेर कपूरले नेपालस्थित साझेदार र अन्य सम्वद्ध निकायहरुसँग सहकार्य एवं समन्वय गरी नेपाली विद्यार्थीहरूलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए ।

यसैगरी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को गण्डकी प्रदेश समिति अध्यक्ष सञ्जय सुवेदी, इक्यान पूर्वअध्यक्ष विष्णुहरि पाण्डे र प्रकाश पाण्डेको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा ग्लोबल एजुकेसनले सक्रिय सहयोग गर्ने नेपालका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?