इजरायली आक्रमणमा तीनजना पत्रकारको मृत्यु

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीनजना पत्रकारको मृत्यु  भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यममले शुक्रबार जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै   शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो । 

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हमलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो ।  सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुई वटा भवनहरूसमेत ढलेको जनाइएको छ ।  

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?