ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

लोकपथ
35
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंक र दुषित थानी हिमालयन रिसोर्टबीच उक्त छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त समझदारीमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र रिसोर्टका सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकका ग्राहकहरुले रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?