आहा ! तिलिचो ताल (फोटोफिचर)

काठमाडौं । मनाङ हिमालपारिको सुन्दर जिल्लाको रूपमा परिचित छ । तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्ग, अग्ला पहाड, सेताम्मे हिउँले ढाकिएका हिमाल र मनमोहक दृश्यले मनाङलाई नेपालकै सुन्दर जिल्ला बनाएको हो ।

सोही मनमोहक दृश्याअवलोकन गर्न मनाङमा स्वदेशी तथा विदेशी पर्यटकहरूको बाक्लो घुइचो लाग्ने गर्दछ ।

मनाङको एक प्रमुख गन्तव्य हो तिलिचो ताल । हिमाली जिल्ला मनाङमा पर्ने यो ताल विश्वको सबैभन्दा बढी उचाइमा रहेका तालहरूमध्येको एक हो । समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा रहेको यो तालको लम्बाई चार किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर दुई सय मिटर रहेको छ । भनिन्छ नि ‘द हायर यू गो द बेटर भ्यू यू गेट’ हो यही भनाइलाई सार्थक बनाएको छ तिलिचो तालले । निकै कठिन पदमार्ग पार गरेपछि पुगिने तिलिचो ताल वरिपरि हिमालले घेरिएको छ । तालको सफा कञ्चन निलो पानीको मनमोहक दृश्यले कठिन पदमार्गको सबै थकान क्षण भरमै दुर हुन्छ ।

तिलिचो पुग्न काठमाडौंबाट लमजुङको बेँसीशहर हुँदै मनाङको खाङसारसम्म आफ्नै निजी सवारी वा सार्वजनिक यातायातमा जान सकिन्छ । खाङसार भन्दा माथी पदयात्रा गर्नुपर्ने हुन्छ । खाङसारबाट पदयात्रा सुरु गरेर श्रीखर्क, माथिल्लो श्रीखर्क, तिलिचो बेसक्याम्प, २२ घुम्ती हुँदै तिलिचो तालसम्म पुग्न सक्न्छि ।

तस्बिरमा हेर्नुहोस् तिलिचोको सुन्दरता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?