काठमाडौंबाट मनकामना दर्शनका लागि जाँदै गरेको माइक्रो खस्यो, ११ जना घाइते

लोकपथ
728
Shares

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ महादेवबेशी नजिकै नौकिलामा दुर्घटनामा परेको छ ।

बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भइ सडकबाट १५–२० मिटर तल दुर्घटनामा पर्दा माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि महादेववेशीस्थित टाइम्स केयर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?