सहकारीको रकम ठगी अभियोगमा एक जना सञ्चालक पक्राउ

लोकपथ
392
Shares

काठमाडौं । सुर्यदर्शन बचत तथा क्रृण सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका सञ्चालकलाई पक्राउ गरेको छ ।

ठगी तथा संगठित अपराधसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका–८ बगालफेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

सो कार्यालयकाबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पानीपोखरीबाट पक्राउ गरेको हो । पक्राउपश्चात् उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?