इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार दुई प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्य र बिनु शाक्य रहेका छन् ।

NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने र गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।  

वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

साथै सुजन विरूद्द जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोबार सम्बन्धी कसुर मुद्दा र प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दासमेत दर्ता भएको थियो ।

सो मुद्दाको अनुसन्धानको क्रममा उनीहरुको संलग्नता आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याउन यस शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।  

पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?