काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक विषय, आगामी कार्ययोजना, जारी आन्दोलनको स्वरूप लगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।
पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आन्दोलन गरेको रास्वपाले शुक्रबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा गत शुक्रबार पक्राउ परेका रवि प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया