युक्रेनमा पुन: रूसी आक्रमण, पाँच जनाको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं ।  युक्रेनमा शनिबार भएको रूसी क्षेप्यास्त्र  आक्रमणमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीका अनुसार आक्रमणमा डिनिप्रो सहरमा एक बालकसहित तीन जनाको मृत्यु भएको  हो ।  डिनिप्रो सहरमा भएको आक्रमणमा परी १९ जना घाइते भएको तथा उक्त स्थानका भवनहरू क्षतिग्रस्त भएको छ । 

लिसाकले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरूमा उद्धारकर्ताहरू भग्नाबशेषमा उद्धारको काम गरिरहेको र अस्पतालको कोठाको झ्याल उडेकोे देखाइएको छ । उनका अनुसार आठ जना घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । 

रूसले निरन्तर रूपमा किभसहित युक्रेनी सहरहरूमा घातक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिरहेको छ । मस्कोले ऊर्जा पूर्वाधार केन्द्रित आक्रमण बढाउँदा किभले आफ्ना सहयोगीहरूबाट अझ बढी हवाई सुरक्षाको माग्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?