काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताएका छन्।
माओवादी केन्द्रको बागमती प्रदेश समितिले आज आयोजना गरेको कार्यक्रममा उनले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गरे ।
उनले पूर्ववर्ती सरकारले विद्युत व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गरे ।
पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गरे । आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उनले पहिलो पार्टी भएर देखाउने दाबी गरे । विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबिच पनि चाँडै एकता हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया