भेरोन एटलान्टासँग ६–१ गोलको अन्तरले पराजित

लोकपथ
28
Shares

काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

आइतबार बिहान प्रशिक्षक जियानपिएरो ग्यास्पेरिनीको ४००औँ खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन गर्‍यो ।

चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोलालुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए ।

खेलको छैटौं मिनेटमै एडेमोलालुकम्यानको पासमा मार्टेन डे रोनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । केही क्षणमै लुकम्यानको अर्को प्रयास माटेओ रेटेगीको गोलमा परिणत भयो ।

चार्ल्स डे केटेलेरले उत्कृष्ट कर्लिङ गोल गर्दै एटलान्टालाई १४औँ मिनेटमा अग्रता तेब्बर पुगेको थियो । लुकम्यानले २९औँ मिनेटमा गोल गरेपछि खेल ४–० मा पुगेको थियो । उनैले आफ्नो दबदबालाई जारी राख्दै टिमका लागि पाँचौं गोल ३४औँ मिनेटमा गरेका थिए ।

३५औँ मिनेटमा भेरोनाका लागि अमिन सारले उत्कृष्ट प्रहार गरे पनि अफसाइड भएको कारण गोल मान्य भएन । उनले ४२औँ मिनेटमा गोल गर्दै अग्रता ५–१ मा झारेका थिए ।

खेलको ५८औँ मिनेटमा रेटेगीले डे केटेलेरको पासमा अर्को गोल थप्दै आफ्नो दुई गोल पूरा गरे । जित पछि एटलान्टा ९ खेलबाट १६ अंकसहित तालिकाको चौथो स्थानमा छ । यसैगरी भेरोना भने समान खेलबाट ९ अंक सहित तालिकाको १५औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?