विश्वकप लिग-२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै 

लोकपथ
651
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।

नेपाली टोली क्यानडामा भएको त्रिकोणात्मक एक दिवसीय क्रिकेट खेलेर सिधै अमेरिका गएको हो । नेपालले यो सिरिजमा अमेरिकासहित स्कटल्याण्डसँग पनि खेल्ने छ । नेपाल र अमेरिकाबीचको खेल डलास, टेक्सासको ग्राण्ड प्रेयरी स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे सुरु हुनेछ । 

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले अमेरिकासँग दुई खेल र स्कटल्याण्डसँग दुई खेल खेल्नेछ। नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ ।  नेपालले हालसम्म आठ खेल खेल्दा एक मात्र खेलमा जित हात पारेको छ र जम्मा तीन अंक बटुल्न सफल भएको छ । 

आईसीसी वल्ड कप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्यान्ड्स, स्कटल्याण्ड, नामिबिया, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) सहभागी छन् । नेपाल हाल लिग–२ अंक तालिकामा सातौँ स्थानमा रहेको छ । क्यानडा अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा  भने स्कटल्याण्ड चौथो स्थानमा रहेको छ ।

क्रिकेट संघ नेपाल (क्यान) ले यो सिरिजका लागि नियमित कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

अनिल शाह, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, अर्जुन साउद, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, गुलसन झा र रिजान ढकाल रहेका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?