स्काई वर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

लोकपथ
42
Shares

काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले हालै सुरू गरेको “स्काई वर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान गरेको छ ।

काठमाडौंको चण्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काई वर्थले बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र विजेताले स्काई वर्थका उत्पादन खरिद गरेका थिए । उक्त अवसरमा स्मार्ट एप्लाएन्सेसका उपमहाप्रबन्धक अमित बज्राचार्यले बधाञ्जली ट्रेडका सञ्चालक विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिए । उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो ।

यस फेस्टिभल योजनाले एकजना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुप्मा एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गरेको छ । साथै ४०% सम्म छुट र निःशुल्क उपहार पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?