काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला १४ सय रुपैयाँले बढेको हो । यसअघि शुक्रबार सुन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ७० रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया