काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’ बाट सम्मानित हुने भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘साफा’ अर्वाबाट सम्मानित हुने भएको हो ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२।२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुसासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १७औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो ।
साफाले ११ नोभेम्वर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको संजाल साझेदार हो । जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, माल्दिभ्स र अफ्गानिस्तानलगायत विभिन्न ११वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकायहरु समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मुल्याङ्कन गरि विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आइरहेको छ ।
बैंकको उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट संस्था नेपालवाट प्रदान गरिने ‘राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३’ मा वित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड समेत प्राप्त गर्न सफल थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया