अवैध पेस्तोलसहित काठमाडौंबाट सेनाका जवान समातिए

लोकपथ
245
Shares

काठमाडौं । प्रहरीले नेपाली सेनाका एक सिपाहीलाई अवैध पेस्तोलसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६, रानीवनस्थित नमूना टोलबाट शनिबार राति ९ बजेर १० मिनेट जाँदा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ का २५ वर्षीय अनिल खड्कालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पेस्तोल देखाएर सर्वसाधारणलाई त्रसित बनाएर हिँडिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको हो । खड्काको कोठाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद भएको स्वयम्भु प्रहरीले जनाएको छ । सो पेस्तोलमा AUTO PISTAL USA 65 NO 1 लेखिएको छ ।

खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?