प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

लोकपथ
203
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ। बैंकको कार्तिक ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको जनाएको छ ।

बैंकले कर प्रयोजन सहित ९७ करोड १ लाख २८ हजार रुपैयाँ बराबरको ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?