‘कोप २९’ मा नेपालले २२ वटा विषयमा छलफल गर्ने

लोकपथ
35
Shares

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको आइतबारको बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल भएको छ । आइतबार संघीय संसद् सचिवालयमा बसेको बैठकले उक्त छलफल गरेको  हो ।

बैठकमा छलफल गर्दै समिति सचिव डा. रोजनाथ पाण्डेले कोप २९ मा नेपालले २२ वटा विषयमा छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपाल सरकारले प्राप्त गरेर खर्च गर्न पाउने मोडालिटीमा जानुपर्ने भन्ने छ । विभिन्न गरिब देशहरू ऋणमा फस्दै  गएकाले थप बोज बन्ने तरिकाको विषयहरू हुनुहुँदैन । अर्थात् लोन प्राप्त गर्ने कुरामा सम्झौता गर्नु हुँदैन भन्ने कुराहरू उठेको छ । २२ वटा एजेण्डाहरु डिस्कसनमा आउँछन् । जुन फाइनान्सली मोडालिटी सम्बन्धमा भन्ने छ । सम्मेलनले उठाएका यी विषयहरू र मुद्दाहरूमा सम्बन्धित निकायहरुले पूर्ण रूपमा तयारी भएर कोपमा जानुपर्ने छ ।’

साथै उनले कोपमा प्राइभेट सेक्टरको कुरा पनि व्यापक रूपमा उठ्नुपर्ने बताए । उनले दिगो विकास अन्तर्गत रहेका १७ वटा लक्ष्यहरूमा पनि ध्यान जानुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?