शेयर बजार ९.१९ विन्दुले घट्यो, ४ अर्ब ७३ करोडको कारोबार

लोकपथ
35
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबारशेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ ।

आज शेयर बजार ९.१९ विन्दुले घटेर २६१७.९५ अंकमा झरेको छ । ९.९१ विन्दुले घटेको बजारमा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको शेयरकारोबार भएको छ । ९१ कम्पनीको शेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको शेयर मूल्यमा परिवर्तन भएको छैन ।

आज कारोबारमा आएका १३ मध्ये ५ वटा समूहको सूचक बढ्दा ४ वटा कम्पनीले सकारात्मक सर्किट लेबलमा कारोबार गरे । ३ सय २० कम्पनीको १ करोड ११ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ ।

यस दिन बढी कारोबार गर्नेमा आईसीएफसी फाइनान्स कम्पनी अग्रस्थानमा छ भने दोस्रो र तेस्रो बढी कारोबार गर्नेमा नेपाल एसबीआई बैंक र सीईडीबी हाइड्रोपावर कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?