डडेल्धुरामा एनआईसी एशिया क्यापिटलको लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम

लोकपथ
0
Shares

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले डडेल्धुराको अमरगडी ५मा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाले विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी अमरगडी ५ मा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छलगायत विषयमा जानकारी दिएका थिए । साथै उनले पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा पनि जानकारी दिए ।

कार्यक्रममा सीडीएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले कम्पनीको सेवाहरु र ती सेवालाई कसरी सुरक्षित रुपमा लिनेबारे पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?