मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो

लोकपथ
21
Shares

भोजपुर । पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको आवागमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पर्यटकलाई सहजता थप्नका लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाका विषयमा जानकारी लिने उद्देश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पर्यटकको चाप बढ्न थालेपछि उनीहरूलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नका लागि यो पदमार्गको दुई हजार तीन सय ५१ मिटर उचाइ रहेको चखेवाभञ्ज्याङदेखि जिल्लाको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो । 

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि गर्नुपर्ने कामको अध्ययन, अनुसन्धानका लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा पदयात्रामार्फत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

‘मुन्दुम ट्रेल पर्यटकको रोजाइको गन्तव्यका रुपमा स्थापित भइरहेको छ,’ अध्यक्ष बस्नेतले भने, ‘गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ, यहाँ आउने पर्यटकलाई थप सहजता थप्नका लागि गर्नुपर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्षसहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ, अब यात्राको क्रममा देखिएको समस्याका समाधानमा जोड दिन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?