भारतविरुद्ध साम्बाको आक्रामक गोल

लोकपथ
749
Shares

काठमाडौं । नेपाल र भारतबीच जारी साफ महिला च्याम्पियनसिपमा नेपालले गोल गरेको छ ।

साबित्रा भण्डारी साम्बाले भारतविरुद्ध आक्रामक गोल गरेकी हुन् ।

आइतबार साँझबाट नेपाल र भारतबीच साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल भइरहेको छ । त्यसो त यसअघि नै भारतले खेलको ७१औँ मिनेटमा गोल गरेको थियो । तर सोही समयमा नेपालले समेत गोल गरेपनि रेफ्रीले मान्यता नदिएपछि केहीबेर विवाद भएको थियो ।

खेल सुरु हुने बित्तिकै नेपालले भारतलाई गोल फर्काएको हो ।

योसँगै नेपाल र भारत बराबरीको खेल भएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा रहेका थिए ।

आजको खेलमा नेपाल नेपालकी रेखा पौडेलले खेलको ५१औँ मिनेटमा रेड कार्ड पाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?