साफ महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा

लोकपथ
0
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराउँदै जित हात पारेको छ ।

आइतबार राति त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पेनाल्टी सुट आउटमा नेपालले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको अन्तिमसम्म नेपाल र भारत १–१ को प्रतिष्पर्धामा रहँदा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पहिलो हाफमा दुवै देशले गोल गर्न नसक्दा गोलरहित बराबरीमा खेल सकिएको थियो । तर भारतले दोस्रो हाफको ७१औँ मिनेटमा पहिलो गोल गरेको थियो, तर सोही समयमा नेपालले समेत गोल गर्दा त्यसले मान्यता पाउन सकेन । गोलको मान्यता नभएको भन्दै नेपाली खेलाडी असन्तुष्ट बन्दा करिब १ घण्टा खेल नै अवरुद्ध बनेको थियो । तर खेल सुरु भएको केही सेकेन्डमै नेपालका लागि साबित्रा भण्डारी साम्बाले पहिलो गोल गर्दै नेपालको आशा जगाएकी छिन् ।

अन्तिममा पेनाल्टी सुटआउटमा ४–० ले भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । अब नेपालले फाइनल खेल बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?