हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो ?

लोकपथ
756
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज १ लाख ६७ हजार कामय भइ कारोबार भइरहेको छ । त्यसो त यसअघि आइतबार सुनको मूल्य १ लाख ६७ हजार ४ सय रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले गिरावट आएको छ । हिजो चाँदीको मूल्य २ हजार ८५ रहेकोमा आज मूल्य गिरावट आइ २ हजार ६५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?