सुशासन समितिको बैठकमा प्रधानमन्त्री ओली नजाने, गृहमन्त्री उपस्थित हुने

लोकपथ
84
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

सवा १२ बजेबाट सुरु हुने समितिको बैठकमा प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखक सहभागि हुने भनिएको थियो । तर अन्तिम अवस्थामा आएर ओली सहभागि नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीज्यू जाने कार्यक्रम रद्ध भएको जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

सो छलफलमा प्रधानमन्त्री ओली समेत सहभागि हुने भनिएको अन्तिम अवस्थामा ओली त्यहाँ नजाने भएका हुन् । यता गृहमन्त्री लेखक भने बैठकमा जानेछन् ।

बैठक सिंहदरबारस्थित कानून, न्याय तथा मान अधिकार समितिको सभाकक्षमा १२ः१५ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?