ओलीको शैलीमाथि रावलको कटाक्ष– ‘तानाशाही प्रवृत्तिको प्रतिवाद गरौँ’

लोकपथ
77
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले पार्टीभित्रको गलत शैलीको विरोध गर्न आह्वान गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता रावलले पार्टीमा कुनै छलफल नै नगरी सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीलाई स्पष्टीकरण सोधिएको भन्दै कटाक्ष गरेका हुन् ।

१०औँ महाधिवेशनमा ओलीविरुद्ध उम्मेद्वारी दिएपछि रावललाई एमालेले पार्टी गतिविधिमा विभेद गर्दै आइरहेको छ । गत निर्वाचनमा टिकट समेत नदिएको एमालेका हरेक कदमविरुद्ध उनले आवाज उठाउँदै आइरहेका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गाबारे विरोध गरेको भन्दै रावल लगायत तीन नेतालाई एमालेले स्पष्टीकरण सोधेको छ ।

रावलले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘एमालेको जबज,परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सु.प. प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?