‘विश्वासको संकटका कारण प्रधानमन्त्रीले सरकार ढल्दैन भन्दै हिँड्नुपरेको छ’

लोकपथ
1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले नै हप्तामा पटकपटक सरकार फेरिन्न भन्दै नागरिकमा विश्वास दिलाउनुपर्ने बेला आएको बताएका छन् ।

राजनीतिमा विश्वास घटेकोप्रति संकेत गर्दैै पूर्वमन्त्री समेत रहेका थापाले अहिले अर्का चुनाव भन्दा पनि अर्को सरकार कहिले बन्छ भनेर चिन्ता गर्नुपर्ने बेला आएको बताए ।

सोमबार नेपाल राष्ट्र बैंकका कर्मचारीहरुले गरेको तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिन्न भनेर बताइराख्नुपर्ने अवस्था छ। त्यसैले अर्को चुनाव होइन अर्को सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेका छन्, यसरी नै चल्दै पनि आयो । त्यसैले हामीले चुनावसम्म पनि सोच्न सकिरहेका छैनौँ भने अर्को जेनेरेसनको बारेमा त कसरी सोचौँला,’ महामन्त्री थापाले भने ।

अहिले राजनीतिकर्मीहरुले अर्को निर्वाचनबारेमा सोच्ने गरेको भन्दै राजनेताले अर्को जेनेरेसनको बारेमा सोच्नुपर्ने बताए । तर राजनीतिक अस्थिरताले मुलुकलाई गाँजेका कारण हामीमा अर्को निर्वाचनको बारेमा सोच्ने समेतको सुविधा नभएको बताए ।

‘राजनीति गर्नेहरू अर्को चुनावको बारेमा सोच्छ त्यसैले हामीले ०८४ भनिरहेका छौँ । तर राजनेताहरू अर्को जेनेरेसनको बारेमा सोच्छन्, हामीकहाँ त अर्को चुनावको बारेमा सोच्ने पनि सुविधा छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?