सिटिजन्स बैंकको ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव वार्षिक साधारणसभाबाट पारित

लोकपथ
35
Shares

काठमाडौं । सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकको आज सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ४.२१ प्रतिशत बोनस शेयर अर्थात ५६ करोड ८० लाख रुपैयाँ र कर प्रयोजनका लागि ०.२१ प्रतिशत अर्थात २ करोड ९८ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन माथि पनि छलफल गरी उक्त प्रस्ताव पारित गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?