आपराधिक कार्यको कारबाही मुख हेरेर होइन, तथ्य र प्रमाण हेरेर हुन्छ : गृहमन्त्री लेखक

लोकपथ
56
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै आपराधिक कार्यको कारबाही कसैको मुख हेरेर नगरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारस्थित प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताएका हुन् ।

‘कुनैपनि आपराधिक कार्यको कारबाही कसैको मुख हेरेर गरिँदैन, तथ्य र प्रमाण हेरेर गरिन्छ,’ उनले भने ।

त्यस्तै उनले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताए ।

सरकार भ्रष्टाचार निवारण–नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अप्नाउने कुरामा सरकार प्रष्ट रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नका लागि भ्रष्टाचारलाई पुर्ण रुपमा निर्मूल गर्न कानुन र विधयेकहरु प्रस्तुत भएको धारणा राखे ।

‘प्रस्तुत विधयेक चाँडो भन्दा चाँडो समितिबाट टुंगो लगाएर आउने अधिवेशनमा यो लाई पूर्णता दिने कुरामा समितिले काम गरिदेओस भन्ने सरकारका तर्फबाट आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘यी विधयेक प्राथमिकतामा छन्, तुरुन्त पारित गरेर कानुन बनाउनुपर्छ ।’

उनले आउँदो अधिवेशबाट पुर्ण रुपले पारित गरेर कार्यान्वयन गर्न र प्रचलनमा ल्याउन समितिले टुंगोमा पुर्‍याएर संघीय संसदको अधिवेशनमा प्रस्तुत गर्न आग्रह समेत गरे ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन सम्बन्धी ऐनलाई समसायिक रुपले परिमार्जन र संशोधन गर्न विधयेकहरु प्रस्तुत गरिएका छन्,’ उनले भने, ‘जुन सम्मानित समितिमा विचाराधीन रहेको अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?