सरकारले भ्रष्टाचारको फाइल टुंगोमा पुर्‍याउन सक्दैन : सांसद पाण्डे

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सरकारले भ्रष्टाचारको फाइललाई सक्रियताका साथ टुंगोमा पुर्‍याउँछ भन्ने विषयमा जनतामा आशंका रहेको बताएका छन् । 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने काम गर्न नसकेको भन्दै भ्रष्टाचारको फाइललाई सक्रियताका साथ टुंगोमा पुर्‍याउँछ भन्ने विषयमा जनतामा आशंका पैदा भएको बताएका हुन् । 

उनले भने, ‘अहिले जनताको तहमा जति भ्रष्टाचार निवारणका कुरा होस् या अरू विषयमा सरकारी निकायले जनताले अनुभूति गर्ने गरेर काम गरेका हामीलाई लागेको छैन । अहिले देशमा भएका भ्रष्टाचारका फाइल धेरै छन् । विगतको सरकारले जसरी यसलाई अघि बढाउन खोजेको थियो, त्यसलाई सक्रियताका साथ टुंगोमा पुर्‍याउने काममा अख्तियारले अघि बढाउँछ भन्ने विषयमा थुप्रै आशंकाहरु पैदा भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?