तिहारको पूर्वसन्ध्यामा शेयर बजारमा हरियाली, नेप्सेमा २७.४१ अंकको वृद्धि

लोकपथ
42
Shares

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्सेमा २७.४१ अंकको बृद्धि भएको छ । आज नेप्से सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

२७.४१ अंकले वृद्धि भएको बजार २६४५.३६ विन्दुमा पुगेको छ । सबै समूहका सूचक बढ्दा बजारमा हरियाली छाएको हो ।

बजार २६४५.३६ अंकमा पुगेर बन्द हुँदा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ३०७ मध्ये २३१ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज २८ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

आज सबैभन्दा धेरै फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार हुँदा पाँचथर पावर कालिञ्चोक दर्शनको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ ।

आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जानकी फाइनान्स, डोल्टी पावर कम्पनी, मेन्छ्याम हाइड्रोपावर र रिभर फल्सको कारोबारमा सर्किट लागेको छ । यस्तै, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ६.०२ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?