फरक क्षमता भएका व्यक्तिमाथि कुटपिट गर्नेविरुद्ध मुद्दा

लोकपथ
91
Shares

काठमाडौं । प्रहरीले फरक क्षमता भएको (बोल्न नसक्ने) व्यक्तिलाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेमा मोरङको विराटनगर नगरपालिका–११ का ‘बब’ भनेर राजकुमार सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार कुटाइ खाने कैलाश कुमार गुरुङको परिवार १५ वर्ष अघि नै स्थानीय ज्ञानबहादुर राईलाई घर बेची गोरखा गएका थिए । तर कैलाश भने बेवारिसे अवस्थामा मोरङमा बस्दै आइरहेका थिए । कैलाशले त्यहाँ विभिन्न कामहरु गर्दै आफ्नो गुजारा चलाउने गरेको डीएसपी जोशीले लोकपथलाई जानकारी दिए ।

उनी विभिन्न ग्यारेजहरुमा समेत काम गर्ने गर्दथे । उनलाई गत कार्तिक ४ गते बिहान ३ बजेको समयमा अपरिचित व्यक्तिले कुटपिट गरी फरार रहेको भन्ने सूचना प्रहरी समक्ष पुग्यो । उनको दुवै हात भाँचिएको र टाउकोमा गम्भीर चोट लागेको थियो ।

प्रहरीले उनलाई तत्काल कोशी प्रादेशिक अस्पताल पठाइएको डीएसपी जोशीले बताए । सिसीटिभी फुटेज लगायत प्रहरीको सुक्ष्म अनुसन्धानबाट उनीमाथि सहनीले आक्रमण गरेको पुष्टि भएपछि उनीमाथि ‘कुटपिट तथा अंगभंग’ मा मुद्दा दर्ता गराइ अनुसन्धान भइरहेको छ ।

डीएसपी जोशीका अनुसार हाल कैलाशको बुबाको मृत्यु भएको र आमा समेत पहिले नै पोइल गएपछि उनको साहरा कोही छैनन् । घर किन्ने ज्ञानबहादुरको परिवारले नै उनलाई संरक्षण गर्दै आइरहेको थियो । कोही नभएकाहरुलाई प्रहरी साथमा छ भन्ने उदेश्यले उनी लगायत उनीजस्ता फरक क्षमता भएका व्यक्तिहरुको संरक्षणमा प्रहरी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?