मीनबहादुरले एमालेको पार्टी कार्यालय बनाउन लागेकोविरुद्ध सर्वोच्चद्वारा अल्पकालीन अन्तरिम आदेश

लोकपथ
1.4k
Shares

काठमाडौं । सुपरमार्केट भाटभटेनीका मालिक मीनबहादुर गुरुङले जग्गासहित एमाले पार्टी कार्यालय बनाउने लागेकोविरुद्ध परेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाई गर्दै सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सो आदेश गरेको हो ।

साथै उक्त रिटमा कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

विवादित पृष्ठभूमि रहेका व्यवसायी मीनबहादुरले एमालेका लागि झण्डै १४ रोपनी जग्गासहित पार्टी कार्यालय भवन बनाइदिने घोषणा गरेका छन् । गत असोज २५ गते प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय भवन निर्माणका लागि भूमिपुजन समेत गरिसकेका छन् । व्यवसायीले पार्टीका लागि एक अर्बभन्दा बढी लगानी गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?