सुन र चाँदीको सिक्का बिक्री सुरु, कहिलेसम्म किन्न पाइने  ?

लोकपथ
623
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार (धनतेरस) लाई लक्षित गर्दै सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको छ । राष्ट्र बैंक टक्सार महाशाखाले आइतबारदेखि चाँदीको स्मारिका तथा मेडालियन बिक्री सुरु गरेको हो ।

राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम, २५ ग्राम र ३५ ग्रामको बिक्रीमा ल्याएको छ । यस्तै सुनका असर्फी सुनको सिक्का २ दशमलव ५ ग्राम तौलको बिक्रीमा ल्याएको छ ।

कात्तिक ११ देखि १४ गतेसम्म बिहान ११ देखि दिउँसो ४ बजेसम्म सिक्का खरिद गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, चाँदीको मेडालियन सिक्का गाई अंकित २५ ग्राम, गाई अंकित, लक्ष्मी अंकित ,गणेश अंकित १०, र १० गजलक्ष्मी अंकित १० ग्राम रहेको छ भने २५ ग्रामको सिक्कामा गाईको चित्र अंकित रहेको छ ।

चाँदी सिक्का १० ग्रामको मूल्य २ हजार २ सय रुपैयाँ, २५ ग्रामको ५ हजार ५ र ३५ ग्रामका ८ हजार ४ सय रुपैयाँ रहेको छ । सुनको सिक्काको मूल्य भने सुनको भोलिको मूल्यका आधारमा निर्धारण हुने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?