नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री गर्न एन्फाको रोक

लोकपथ
1.1k
Shares


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको पर्सि बुधबार हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरणमा रोक लगाएको छ ।


दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा खेलस्थल रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएको भन्दै एन्फाले फाइनल खेलको टिकट बिक्रीमा रोक लगाएको हो ।


एन्फाले सोमबार एक सूचनामार्फत भनेको छ, ‘कात्तिक १४ गते बुधबार साँझ ६ः३० बजेबाट दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना जारी गरिएको छ ।’


एन्फाले भनेको छ, ‘हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न÷नगराउन र अर्को सूचना जारी नभएसम्म नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ ।’


एन्फाले टिकट बिक्रीको अधिकार माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई दिएको थियो । सेमिफाइनल खेलमा खेलस्थल रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको विषयमा सो प्रालिसँग पनि सोधपुछ भइरहेको एन्फाले जनाएको छ ।


एन्फाको आयोजनामा घरेलु मैदानमा कात्तिक १ गतेदेखि साफ महिला च्याम्पियनसिन सञ्चालन भइरहेको छ । कात्तिक १४ गते बुधबार प्रतियोगिता सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?