काठमाडौं । मुद्दा जिताई दिन्छु भन्दै १ करोड २८ लाख रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जन रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौं बुद्धनगरबाट सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनी जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका थिए ।
महर्जनले काठमाडौं–निजगढ ९फास्टट्रयाक० द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा विचारधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्कीसमेत दिई उक्त रकम ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया