युवाहरूले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्छ : उपसभामुख राना

लोकपथ
63
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले युवाहरूले समाजमा वाच डगको भूमिका निर्वाह गर्न आग्रह गरेकी छिन् । उनले युवाहरूले उद्यमशील र आत्मनिर्भरको बाटो रोजेर स्वदेशमै अवसरहरू सिर्जना गर्न अनुरोध गरिन ।

नेपाल युवा परिषद्ले मंगलबार काठमाडौंमा आयोजना गरेको अवार्ड वितरण एवम अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरू भन्दा सामाजिक उद्यमीहरूको भूमिका बढी प्रभावकारी हुने भएकाले समाज परिवर्तनका लागि सामाजिक उद्यमको बाटोमा हिँड्न अनुरोध गरिन् । सामाजिक सेवामा आउनका लागि अन्तर आत्माबाट भावना पैदा हुनुपर्नेमा जोड दिइन । 

‘समाजमा केही आदर्श र सिर्जशील युवाहरू पनि हुनुहुन्छ । सामाजिक उद्यमशील बनेर सयौँ युवाहरूलाई समाज परिवर्तनको बाटोमा दोहोर्‍याउनुभएको छ । सामाजिक कार्यकर्ता बन्नका लागि सानो तर समाजमा प्रभाव राख्ने विषय छनोट गर्नुपर्छ । युवाले आफैँले आफैँलाई मूल्यांकन गरेर अघि बढ्न सक्नुपर्छ,’ उनले भनिन्,‘सामाजिक सेवाको बाटोमा आउँदा आत्म मूल्यांकन गर्न युवाहरूलाई आग्रह गर्दछु ।’

नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले नीति निर्माण तहमा युवाहरूको उपस्थिति न्यून भएकाले धेरै मुद्दाहरू ओझेल परेको बताए । उनले राज्यले युवामा लगानी गर्न र आगामी वर्षदेखि राष्ट्रिय युवा वर्ष मनाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।

संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ)का सविन लामिछानेले युवाहरूले सामाजिक सदभाव निर्माण गर्न र उद्यमशील बन्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने औँल्याए । उनले स्वदेशमा कृषि पेसा प्रशस्त अवसर रहेकाले कृषक बन्न अप्ठ्यारो मान्नु नहुने तर्क राखे ।

एमनेस्टी इन्टरनेशनल नेपाल च्याप्टरका पूर्व अध्यक्ष राजन कुइँकेलले युवाहरू द्वन्द्व र जलवायु संकटमा फसेकाले आफ्नो उर्जाशील उमेर गुमाइरहेको चर्चा गरे । नेपाल युवा परिषद्का सल्लाहकार कृष्ण कुमार अर्यालले धर्यताले नै सफलता हासिल गर्न सक्नुभएकाले युवाहरू धैर्यवान बन्न सक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?