धनतेरसमा एनआईएमबी एस क्यापिटलको नयाँ अफर

लोकपथ
140
Shares

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले धनतेरसको अवसर पारेर ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले एनआईएमबीबाट हितग्राही खाता खोली एसआईपी रजिष्ट्रेशन गर्नुपर्नेछ । जसअन्तर्गत तीनजना भाग्यशाली विजेताहरु मध्ये प्रत्येक विजेताले १ हजार इकाई उपहार स्वरुप पाउनेछन् ।

कार्तिक १३ गते अर्थात धनतेरसका दिनमा मात्रै आफ्नो पहिलो किस्ता तिर्नु पर्नेछ । कार्तिक १३ गते राति ११ ः५९ बजेसम्म रजिष्ट्रेशन गर्नेहरु मात्र लक्की ड्रमा पर्ने छन् ।

यस योजनाका विजेताहरुको घोषणा भने कार्तिक १४ गते एनआईएमबी एस क्यापिटलको आधिकारिक फेसबुकमार्फत लाइभ गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?