‘रास्वपा नेताहरु दिउँसो सरकारविरुद्ध आन्दोलन गर्ने, राति रविको मुद्दा मिलाउन बालुवाटार धाउने’ !

लोकपथ
385
Shares

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सभापति रवि लामिछानेको मुद्दा मिलाइदिन आग्रह गर्ने गरेको आरोप लगाएका छन् ।

सहकारी ठगीको आरोपमा लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले आन्दोलन गरिरहेको छ ।

एमाले केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जालमा लेख्दै रास्वपाका नेताहरु दिनभर आन्दोलन गर्ने र राति प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटेर लामिछानेको मुद्दा मिलाउन आग्रह गर्ने गरेको आरोप लगाए ।

रिजालले रास्वपा उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले भेटेर मुद्दा मिलाइदिन आग्रह गरेको आरोप लगाएका हुन् ।

रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दिनभरि प्रधानमन्त्रीका विरूद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती–राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का राखे हुन्छ । राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?