रविको मुद्दा मिलाउन रास्वपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई भेटेकै हुन् ?

लोकपथ
980
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले उपसभापतिसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्ने विषयलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले आन्दोलन गरिरहेको छ ।

एमाले नेता विष्णु रिजालले आन्दोलनरत रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेटेर रविको मुद्दा मिलाइदिन आग्रह गरेको आरोप लगाएका थिए ।

सामाजिक सञ्जालमा लेख्दै उनले अर्याल र परियारले भेटेर रविको मुद्दा मिलाइदिन आग्रह गरेको विषय सार्वजनिक गरेपछि त्यसबारे चर्चा समेत भइरहेको छ ।

कार्यबाहक प्रवक्ता झाले लोकपथसँग कुराकानी गर्दै नेताहरुले प्रधानमन्त्रीलाई भेटेको स्वीकार गरे । उनले देशको प्रधानमन्त्रीलाई संसद्को चौथो ठुलो दलका नेताहरुले भेटेको विषयलाई राजनीतिक मुद्दाकै जसरी चर्चा गर्न आवश्यक नरहेको समेत बताए ।

‘हामी आन्दोलनमा भए पनि केपी शर्मा ओली हाम्रो पनि प्रधानमन्त्री हो । हामीले हाम्रा समस्याहरु कहाँ लगेर भन्ने ?,’ उनले भने, ‘एकजना मन्त्री भइसकेको मान्छेले प्रधानमन्त्रीलाई भेट्नुभयो होला, आफ्नो क्षेत्रका बारेमा र देशको समग्र राजनीतिका विषयमा कुरा गर्नुभयो होला त्यसलाई सामान्य प्रक्रियाको रुपमा बुझ्नुपर्छ ।’

रवि लामिछानेको मुद्दा नै मिलाइदिन आग्रह गरेको विषयमा समेत एमाले नेताको आरोप छ नि भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘एउटा प्रक्रियामा गइसकेको विषयमा न प्रधानमन्त्री न कसैले मिलाउन सक्ने कुरा भएन नि त्यो त आम मान्छेले बुझ्ने कुरा भयो ।’

त्यस्तै रिजाललाई सामान्य विषयलाई अतिरञ्जित गरेर कसैलाई रिझाउन अरुलाई बद्नाम नगर्न समेत आग्रह गरे ।

गत कार्तिक २ गते सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ ।

यो पनि
‘रास्वपा नेताहरु दिउँसो सरकारविरुद्ध आन्दोलन गर्ने, राति रविको मुद्दा मिलाउन बालुवाटार धाउने’ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?