काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कार्तिक १४ गते बुधबार दशरथ रंगशालामा नेपाल र बंगलादेश बीच हुन गइरहेको ‘साफ वुमन्स च्याम्पियनसिप २०२४’ फुटवलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेशविरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल १ लाख प्रदान गर्ने जनाएको छ ।
नेपालमा फुटवल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया