उपनिर्वाचन : कांग्रेसले गठन गर्‍यो केन्द्रीय संयोजन समिति, को–को छन् सदस्य ?

लोकपथ
651
Shares

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि केन्द्रीय संयोजन समिति गठन गरेको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिमा ८ जना सदस्यसहित एक सदस्यसचिव तोकिएको छ ।

सदस्यहरुमा सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय ‘डिना’, भिष्मराज आङ्देम्बे, महेन्द्र यादव र
जीवन परियारसहित प्रवक्ता डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल,
मीन विश्वकर्मा, मधु आचार्य रहेका छन् । त्यस्तै प्रकाश शर्मालाई सदस्यसचिव तोकिएको छ ।

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?