रोयल इन्फिल्ड र्‍याली अफ हिमालयजका विजयी दीपक साह सम्मानित

लोकपथ
0
Shares

काठमाडौं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा विजयी नेपाली राइडर दीपक साह सम्मानित भएका छन् ।

रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका राइडर दीपक साहलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ)द्वारा ९५ हजार नगदसहित सम्मान गरेको हो ।

राइडर दीपक साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्याली अफ हिमालयजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो रोमाञ्चक अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू–भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटरसम्म उचाई भएको कुन्जुम पाससमेत राइडरहरुले पार गरेका थिए ।

एक कार्यक्रमकाबीच हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटकसम्मका रेड डी हिमालय तथा अन्य धेरै र्याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम)सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्टस क्लब अफ इन्डिया (एफएमएससीआई)मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नुपर्ने हुन्छ । सो र्यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट हुन्छन्।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?