नेपाल प्रहरीका २ डीआईजी एआईजीका लागि बढुवा सिफारिस

लोकपथ
133
Shares

काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

गृहमन्त्रालयले बुधबार राति सूचना जारी गर्दै डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाल एआईजी बढुवा सिफारिस भएका हुन् ।

कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा गरेको गृहले गुरुङले ७२.१९८९ अंक र ढकालले ७१.९६६० अंक प्राप्त गरेका हुन् ।

बढुवा सिफारिस भएका एआईजी गुरुङको दरवन्दी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल र ढकालको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?