नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा फ्रान्स प्रस्थान

लोकपथ
168
Shares

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप फुटबल समाप्त भएसँगै नेपाली राष्ट्रिय टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी व्यावसायिक फुटबल खेल्न आज फ्रान्स प्रस्थान गरेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा बंगलादेशसँग नेपाल २–१ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । योसँगै बंगलादेशले भने साफ च्याम्पियनसिपमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

यसअघि सन् २०२२ मा नेपालमा आयोजित उक्त च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । साफ च्याम्पियनसिपको फाइनलमा नेपालको भने यो छैटौँ पराजय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?