काठमाडौं । वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।
कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उनले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र संकटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गरे ।
‘दिगो वित्त, वित्तीय प्रणाली सुधार र जैविक विविधताप्रतिको विश्वव्यापी जिम्मेवारी’ विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री शाहीले भने, ‘नेपालले पृथ्वीको केवल ०.१ प्रतिशत क्षेत्र समेटेको भए पनि नेपाल विश्वको २.७ प्रतिशत जैविक विविधताको घर हो । जसले यसलाई जैविक विविधतामा ४९औँ स्थानमा राख्छ । यी उपलब्धिहरू विशेष गरी महिला, आदिवासी जनजाति र स्थानीय समुदायको सहकार्यको परिणाम हुन्, उनीहरूको योगदान र बेहोरेको लागतलाई कम आकलन गर्नुहुँदैन ।’
समुदाय–आधारित संरक्षण दृष्टिकोणमार्फत, नेपालले जैविक विविधता संरक्षणको लागि प्रतिवर्ष १५२ मिलियन अमेरिकी जुटाएको जानकारी दिए । ‘तर, यो हाम्रो जैविक विविधता दृष्टिकोणको उद्देश्य प्राप्त गर्न पर्याप्त छैन । हामी प्रतिवर्ष ८० मिलियन अमेरिकी डलरको वित्तीय अभावको सामना गरिरहेका छौँ । यो अभाव मेट्न हामी विभिन्न दिगो वित्तीय संयन्त्रहरू कार्यान्वयन गरिरहेका छौँ, मन्त्री शाहीले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया