मस्को । रुसको अदालतले गुगलमाथि जरिवाना लगाएको छ । अदालतले गुगललाई २ दशमलव ५ डसिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो ।
यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन । डेसिलियनको हिसाब गर्न अमेरिकी गिन्तीमा १ को पछाडि ३८ वटा जिरो राख्नु पर्छ । बेलायती गन्तीमा भने १ को पछाडि ६० वटा जिरो थप्नुपर्छ । सारा पृथ्वीको पैसा एक ठाउँमा थुपार्दा पनि यो रकम पुग्दैन ।
सन २०२२ देखि रुस एकैसाथ दुई मोर्चामा युद्ध लडिरहेको छ । युक्रेनसँग हतियारको साथमा प्रत्यक्ष लडिरहेको छ भने अमेरिकासँग उसको आर्थिक युद्ध चलिरहेको छ । युक्रेनसँगको युद्ध सुरु भएदेखि नै अमेरिकाले रुसमाथि एकपछि अर्को गर्दै नाकाबन्दी लगायो । यस पटक रुसले अमेरिकी कम्पनीलाई निशाना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया